हात्ती मारेको अभियोगमा पक्राउ
सप्तरी। हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ।
जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन।
नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन्। हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए।
उनले भने, ‘गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोष्टमार्टम भइरहेको छ।’ हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडेको हुनसक्ने आशङ्का गरिएको छ।
हात्ती मरेको कारणबारे तत्काल खुल्न नसकेको र अनुसन्धान भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई उद्धृत गर्दै डिभिजन प्रमुख ठाकुरले बताइन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment