पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित: गोरखामा आवागमन पूर्ण ठप्प, म्याग्दी र सुर्खेतमा एकतर्फी

डिसी नेपाल
२ कार्तिक २०८३ ७:४२
24
Shares

काठमाडौँ। लगातारको पहिरो र बाढीका कारण गण्डकी तथा कर्णाली प्रदेशका तीन प्रमुख सडकखण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको भए पनि गोरखामा भने सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

प्रहरीले दिएको जानकारीअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित बैसरीमा पहिरो खसेपछि बेनी-जोमसोम सडकखण्ड असोज १० गते बिहान ५:५० बजेदेखि एकतर्फी मात्र सञ्चालनमा आएको छ।

यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२ र ३ तथा आसपासका क्षेत्रमा आएको बाढीका कारण सडक सञ्चालनमा समस्या आएको छ। सोतिस्थित फलामे पुलमा क्षति पुगेपछि आरुघाटबाट धादिङ जोड्ने मुख्य सडकखण्ड असोज २५ गते बिहान ५:३० बजेदेखि पूर्ण रूपमा ठप्प बनेको प्रहरीले जनाएको छ।

यसैगरी, कर्णाली राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा पहिरो खस्दा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि सडक एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।

विपद्का कारण विभिन्न सडकखण्डमा आवागमन प्रभावित भएकाले ती क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन नेपाल प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *