बीपी राजमार्गको सेल्फीडाँडामा हायस माइक्रो बस दुर्घटना: तीन जना घाइते

डिसी नेपाल
२ कार्तिक २०८३ ७:४६
4
Shares

काभ्रेपलाञ्चोक। बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ स्थित सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस राति करिब २ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा परी सवारी चालक इलाम नगरपालिका-६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका–७ की २६ वर्षीया रिता आपागाई र उनका ९ वर्षीय छोरा रितिक घाइते भएका छन्।

अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्याङका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार गाडीमा सवार चालकसहित तीनै जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सकुशल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *