नेपाल टेलिकमको एनटी फाइबरतर्फ ग्राहकको तीव्र आकर्षण: १९८ को क्षमता बढाइयो, अनलाइनबाटै जडान आवेदन दिन सकिने
काठमाडौं। नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित ‘एनटी फाइबर’ सेवामा नयाँ र विशेष अफरहरू ल्याएसँगै ग्राहकहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ।
सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन टेलिकमले नयाँ लाइन जडान तथा आवश्यक जानकारीका लागि १९८ नम्बरमा सम्पर्क गर्ने व्यवस्था मिलाएको छ। पछिल्लो समय यस नम्बरमा ग्राहकहरूको अत्यधिक चाप बढेपछि कम्पनीले कल प्रणालीको क्षमतासमेत अभिवृद्धि गरेको जनाएको छ। ग्राहकहरूले अब १९८ मा कल गरेर आफूलाई पायक पर्ने जुनसुकै स्थानका लागि पनि नयाँ फाइबर लाइन जडानको माग दर्ता गराउन सक्नेछन्।
यसैगरी, ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै टेलिकमले अनलाइनमार्फत पनि नयाँ एनटी फाइबर जडानको आवेदन दिन सकिने र अन्य सेवा सम्बन्धी गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ। ग्राहकहरूले टेलिकमको आधिकारिक वेबपोर्टल (https://complain.ntc.net.np/) मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर यो सेवाको सहज उपयोग गर्न सक्नेछन्।
कम्पनीले हालै ३० एमबीपीएस (Mbps) स्पीडको उच्चस्तरीय फाइबर प्याकेज मात्र रु. ४,९९९ मा उपलब्ध गराउने आकर्षक योजना सार्वजनिक गरेको छ। यसका साथै ग्राहकहरूको आवश्यकता र रुचिअनुसारका विभिन्न दर र क्षमताका अन्य विविध प्याकेजहरूसमेत बजारमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment