सप्तकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बराहक्षेत्रका युवा मृत भेटिए

डिसी नेपाल
२ कार्तिक २०८३ १२:०१
8
Shares

सुनसरी। सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक सोमबार बिहान मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार बराहक्षेत्र नगरपालिका-१० बकुल्लाचाप निवासी २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार मृतक कोइरालाको शव परीक्षण (पोष्टमार्टम) का लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको छ। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *