आइएचएफ नेसन्स वुमेन्स ट्रफी : माल्दिभ्सविरुद्ध नेपालको २४–१८ को जित
काठमाडौं। बंगलादेशको राजधानी ढाकामा जारी आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ अन्तर्गत नेपालले दोस्रो खेलमा जित हात पारेको छ। नेपालले मंगलबार माल्दिभ्सलाई २४–१८ गोल अन्तरले पराजित गरेको हो।
अन्तर्राष्ट्रिय ह्यान्डबल महासंघ (आइएचएफ) को आयोजनामा जारी प्रतियोगितामा नेपालले एक खेलमा हार र एक खेलमा जित निकालेको छ। नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको थियो।
माल्दिभ्सविरुद्धको खेलमा नेपालकी विमला तामाङ प्लेयर अफ द म्याच घोषित भइन्। नेपालले आफ्नो तेस्रो खेल बुधबार भारतसँग खेल्नेछ।
बन्दना राईको कप्तानीमा रहेको नेपाली टोलीमा उमा राई, देवकुमारी बास्कोटा, विमला तामाङ, दुर्गा बोहरा, हिलिना राना, कल्पना ओली, कोमली खड्का, समिना चौधरी, सम्झना कुमाल, संगीता चौधरी, सञ्जु राई, शान्तिकला राई र ममता राना छन्। टोलीको प्रशिक्षकमा सुशील अधिकारी रहेका छन्।
आइएचएफ नेसन्स वुमेन्स ट्रफी २०२६ जोन–२ मा नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment