कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
धनगढी। कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घोडाघोडी, कैलारी र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।
घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिकै सोमबार साँझ करिब साढे ८ बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किएका थिए। घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी रेफर गरिएकोमा राति १०:५० बजे मृत घोषणा गरिएको थियो।
त्यस्तै, राति साढे २ बजेतिर कैलारी गाउँपालिका–७ को रामपुरस्थित हुलाकी राजमार्गमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा थप एक जनाको मृत्यु भएको छ।
भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार सोही ठाउँका २६ वर्षीय शिवलाल चौधरी घाइते भएका थिए। उनलाई घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारततर्फ लैजाने क्रममा मृत्यु भएको जनाइएको छ।
यस्तै, टीकापुरमा पनि राति मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ। राति १० बजेतिर से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५३ वर्षीय लक्ष्मीराम थारू गम्भीर घाइते भएका थिए। १९ वर्षीय आयुष चौधरीले चलाएको मोटरसाइकलले ठक्कर दिएपछि थारूलाई टीकापुर अस्पताल पुर्याइएको थियो। उनको राति साढे मृत्यु भएको प्रहरीले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment