साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३४० करोड सहुलियत ऋण प्रदान गर्ने
फाेटाे गुगलबाट
काठमाडौं । साउदी फण्ड फर डेभलप्मेन्टले नेपाललाई ३ अर्ब ४० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गरेको छ ।
साउदी फण्ड फर डेभलप्मेन्टले भूकम्पबाट क्षतिग्रस्त निजी आवास, शैक्षिक संस्था तथा स्वास्थ्य केन्द्र पुनर्निमाणका लागि नेपाललाई सहुलियत ऋण उपलब्ध गराएको हो।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा यस सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा भएको सम्झौतामा अर्थसचिव डा. राजन खनाल र फण्डका उपाध्यक्ष एवं प्रबन्ध निर्देशक डा. खालेद विन सुलेइमान अल्खुडायरीले हस्ताक्षर गरे।
अर्थसचिव डा.खनालले साउदी सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यसले भूकम्पपीडितहरुको मुहारमा थप खुशी ल्याउने विश्वास व्यक्त गरे।
फण्डका उपाध्यक्ष अल्खुडायरीले भूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई सघाउनु मित्रराष्ट्र तथा संस्थाहरुको दायित्व हुने उल्लेख गर्दै नेपाल सरकारको पुनर्निर्माण प्रयासमा थोरै भए पनि सघाउन पाएकोमा खुशी व्यक्त गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment