सर्लाहीको ब्रह्मपुरी गाउँपालिका अध्यक्ष राम पदार्थ साह तेलीको निधन

डिसी नेपाल
४ कार्तिक २०८३ ११:४२
16
Shares

सर्लाही। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको ८५ वर्षको उमेरमा निधन भएको छ।

सामान्य रुघाखोकी र ज्वरोबाट पीडित साहको काठमाडौंमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनी विगत एक सातादेखि काठमाडौंस्थित एक अस्पतालमा उपचाररत थिए।

स्वास्थ्य स्थितिमा सुधार आएपछि अस्पतालले उनलाई मंगलबार डिस्चार्ज गरेको थियो। उपचारपछि निको भएर घर फर्किने तयारीमा रहेकै बेला साहको बुधबार बिहान बसोबास गरिरहेकै कोठामा निधन भएको उनका छोरा दिलीप साहले जानकारी दिएका छन्।

अध्यक्ष साहको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिका ल्याउने तयारी भइरहेको छ। उनको असामयिक निधनले परिवार, आफन्त तथा स्थानीयवासी स्तब्ध र शोकाकुल बनेका छन्।

साह २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ब्रह्मपुरी गाउँपालिकाको अध्यक्ष पदमा ४ हजार ६७८ मत प्राप्त गरी निर्वाचित भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *