वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

डिसी नेपाल
४ कार्तिक २०८३ १३:०८
24
Shares

वीरगञ्ज। पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित ‘गोल्डेन फिंगर गेमिङ जोन प्रालि’ (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने र खेलाउने काम भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ करिब ७:३० बजे क्यासिनोमा छापा मार्दा नेपालीहरूलाई जुवा खेलाइरहेको अवस्थामा भेटिएपछि पक्राउ गरिएको हो। पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा बाराको पचरौता नगरपालिका-४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका-८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका-५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका-९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्।

नेपाली कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *