उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा शुभसाइतमा दसैँको टीका, जमरा र प्रसाद ग्रहण

डिसी नेपाल
४ कार्तिक २०८३ १३:२२
8
Shares

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज विजयादशमीका अवसरमा शुभसाइतमा टीका, प्रसाद र जमरा ग्रहण गरेका छन्।

उपराष्ट्रपति यादवले लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितको हातबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेको उनका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिएका छन्।

गुरुपुरोहितबाट टीका तथा आशीर्वाद ग्रहण गरेपछि उपराष्ट्रपतिले आफ्ना परिवारका सदस्यहरूलाई पनि टीका र जमरा लगाइदिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *