इक्वेडरका दुई जेलमा झडप, आठ कैदीको मृत्यु, १० घाइते

डिसी नेपाल
६ कार्तिक २०८३ ८:५३
8
Shares

इक्वेडरका दुईवटा कारागारमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार कैदीको मृत्यु भएको हो।

इक्वेडरका कारागारमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ। केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न आपराधिक गिरोहहरूले जेलभित्रै आफ्नो प्रभाव कायम राख्दै आएका छन्। ती गिरोहले कारागारभित्रबाटै हत्या र जबर्जस्ती असुलीजस्ता आपराधिक गतिविधि सञ्चालन गर्न निर्देशन दिने गरेका छन्।

अधिकारीहरूले पछिल्लो झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जनाउँदै उनीहरूलाई उच्च सुरक्षा व्यवस्था भएको ‘एल एन्कुएन्ट्रो’ कारागारमा स्थानान्तरण गरिने बताएका छन्।

राष्ट्रपति डानियल नोबोआको सरकारले देशका सर्वाधिक खोजीमा रहेका अपराधीलाई राख्ने उद्देश्यले उक्त कारागार निर्माण गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *