नुवाकोटको ढुंगे झोलुंगे पुलमा उच्च जोखिम र तर्नै सकस (फोटोफिचर)
नुवाकोट। त्रिशुली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको ढुंगे र त्रिशुली बजार जोड्ने पक्की पुल बगाएपछि अहिले सो क्षेत्रमा निर्माण गरिएको नवनिर्मित नयाँ झोलुंगे पुल तर्ने सर्वसाधारणहरूको दैनिक ठूलो घुइँचो लाग्ने गरेको छ।
पक्की पुलको विकल्पका रूपमा तयार पारिएको झोलुङ्गे पुलमा मानिसहरूको अत्यधिक चाप बढेपछि वारिपारि गर्न निकै सकस भइरहेको छ।
खासगरी दसैँको अवसरमा आफन्तजन तथा गन्तव्यतर्फ जाने-आउने यात्रुहरूको आवतजावतलाई व्यवस्थित र सहज बनाउनका लागि सुरक्षाकर्मीहरू प्रत्यक्ष रूपमा खटिएका छन्। दुर्घटना हुन नदिन सुरक्षाकर्मीहरूले आलोपालो गरी ‘वान वे’ (एकतर्फी) प्रणालीमार्फत पैदलयात्रीहरूको आवतजावत व्यवस्थापन गरिरहेका छन्।
(तस्बिरहरू : नेपाल न्यूज बैंक)













No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment