विश्व विकास सूचना दिवस आज मनाइदै

डिसी नेपाल
७ कार्तिक २०८३ ७:११
8
Shares

काठमाडौं। आज विश्व विकास सूचना दिवस मनाइदैछ। सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यस एता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइन्छ।

सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्धेश्यले हरेक बर्ष यो दिवस मनाउने गरिएको छ।

राष्ट्र संघले सूचनाको प्रसार र गतिशीलताले खासगरी युवामा रहने विकासको समस्याहरुको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेछ, यसले विकासको लागि अन्तर्राष्ट्रीय सहयोगको क्षेत्रमा प्रयासको बढावा दिने विश्वास लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *