अटो दुर्घटनामा परी १४ जना घाइते

डिसी नेपाल
७ कार्तिक २०८३ ७:२९
28
Shares

काठमाडौं। नवलपुरको देवचुली नगरपालिका-६ मा भएको अटो दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते हुनेमा ८ जना बालबालिका, ५ महिला र एक पुरुष रहेका छन्।

नवलपुर प्रहरीका अनुसार देवचुलीको कीर्तिपुरबाट दलदलेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ००४००१ स ००५१ नम्बरको सामान बोक्ने अटो ओरालो बाटोमा ब्रेक फेल भई अनियन्त्रित भएर पल्टिएको थियो। घाइतेमध्ये ८ वर्षीया नम्रता लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ।

दुर्घटनामा घाइते हुने अन्यमा विष्णु पराजुली, देवी पराजुली लम्साल, छविलाल पराजुली, अनुस्का पराजुली, सुबिक्षा श्रेष्ठ, राहुल पराजुली, सुमित्रा पराजुली, झरना पराजुली, राजेश पराजुली, हरिकला पराजुली, अनुप पराजुली, पुनम श्रेष्ठ र सुवर्ण कुमार श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेहरूको देवचुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ। प्रहरीले अटो र चालक कावासोती-२ का ४५ वर्षीय नन्द किशोर लम्साललाई नियन्त्रणमा लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *