अल फैसलमाथि अल नासर ३-१ गोलले विजयी
काठमाडौं। साउदी प्रो लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा अल नासरले अल फैसललाई ३–१ गोलले पराजित गरेको छ। जितसँगै अल नासरले लिगमा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ।
अल नासरका लागि अब्दुल्लाह अल हमदानले खेलको चौथो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ४९औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अग्रता दोब्बर बनाए। अल फैसलका तर्फबाट ६६औँ मिनेटमा बोंगोन्डाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेका थिए। तर, ७९औँ मिनेटमा आन्जेलोले गोल गरेपछि अल नासरले ३–१ को जित सुनिश्चित गरेको थियो।
यस जितसँगै अल नासरको लिगमा १० खेलमा २५ अंक रहेको छ र समान अंक रहेको अल क्वाडसिआहपछि दोस्रो स्थानमा रहेको छ। रोनाल्डोले यस गोलसँगै आफ्नो व्यावसायिक खेल जीवनमा कुल गोल सङ्ख्या ९८२ पुर्याएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment