सर्लाहीमा यात्रुवाहक भ्यान र ट्रक ठोक्किँदा १२ जना घाइते

डिसी नेपाल
७ कार्तिक २०८३ १७:२१
4
Shares

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान र साबुन बनाउन प्रयोग हुने रासायनिक पदार्थ बोकेको ट्रक ठोक्किँदा १२ जना घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०४–००१ ज ००५७ नम्बरको विद्युतीय भ्यान र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको छ। गम्भीर घाइते रञ्जित रामलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४ क्याम्पसचोकका करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।

दुर्घटनामा परेका दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाका कारण राजमार्गमा सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *