बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

डिसी नेपाल
८ कार्तिक २०८३ १४:४९
232
Shares

बैतडी। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ। बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविज्ञ राजेश शर्माका अनुसार ऐरीगाउँ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको पुष्टि भएको छ।

भूकम्पको धक्का बैतडीसहित आसपासका सुदूरपहाडी जिल्लाहरूमा समेत महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको थप विवरण प्राप्त हुन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *