सोमबार सार्वजनिक बिदा
स्याङ्जा। स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ। मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।
गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार सोमबार गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ, संस्था, बैंक तथा वित्तीय संस्था र शिक्षण संस्थामा बिदा दिएको छ।
बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको अध्यक्ष कुँवरले बताए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment