सीमावर्ती भारतीय बजारबाट ब्राउन सुगरसहित बाराका युवक पक्राउ

डिसी नेपाल
८ कार्तिक २०८३ १५:१६
8
Shares

रौतहट । भारतको बिहारस्थित आदापुरमा लागूऔषध ब्राउन सुगरसहित एक नेपाली युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाराको फेटा गाउँका २४ वर्षीय रोज मोहम्मद देवान रहेका छन्। भारतीय प्रहरीका अनुसार उनी श्यामपुर चोकबाट ४८.७६ ग्राम स्म्याकजस्तो देखिने लागूऔषधसहित पक्राउ परेका हुन्।

आदापुरकी थानाध्यक्ष रूपम कुमारीको नेतृत्वमा सशस्त्र सीमा बल (एसएसबी) को सहयोगमा गरिएको कारबाहीका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाका आधारमा प्रहरीले उक्त कारबाही गरेको जनाएको छ।

बरामद लागूऔषधको मुचुल्का मजिस्ट्रेट तथा अञ्चल अधिकारीको उपस्थितिमा तयार गरिएको थियो। पक्राउ परेका देवानमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *