पाकिस्तानी अलराउन्डर नवाज चितवनबाट एनपीएल खेल्ने

डिसी नेपाल
८ कार्तिक २०८३ २०:२१
16
Shares

काठमाडौं। पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन्।

३२ वर्षीय नवाज बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलर नवाजलाई एनपीएलको तेस्रो सिजनका लागि अनुबन्ध गरेको घोषणा गरेको हो।

नवाजले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले पाकिस्तानबाट ९८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ९११ रन बनाउनुका साथै बलिङमा पनि योगदान दिएका छन्।

नवाज सन् २०१६ देखि पाकिस्तानको राष्ट्रिय टोलीमा छन्। उनी पाकिस्तान सुपर लिगलगायत विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि खेलेका छन्। मध्यक्रममा उपयोगी ब्याटिङ र स्पिन बलिङ गर्न सक्ने क्षमताका कारण उनी टोलीका लागि दुवै भूमिकामा उपयोगी मानिन्छन्।

चितवनले यसअघि पाकिस्तानकै हसन अली, जिम्बाब्वेका सिकन्दर राजा र इंग्ल्यान्डका रवि बोपाराजस्ता अनुभवी विदेशी खेलाडीलाई पनि टोलीमा समेटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *