काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ५१४ सवारी चालक कारबाहीमा, मापसे गर्ने ६४ जना

डिसी नेपाल
९ कार्तिक २०८३ ७:२३
8
Shares

काठमाडौं।  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको कडा चेकिङका क्रममा पछिल्लो २४ घण्टाभित्र ५१४ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

सोमबार बिहानसम्म उपत्यकाका विभिन्न सडकखण्डमा गरिएको विशेष जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६४ जना चालक पक्राउ परेका छन्। त्यसैगरी, सिसिटिभीमार्फत निगरानी गर्दा नियम उल्लंघन गर्ने ३९ जना र रातो बत्ती मिचेर सवारी चलाउने २१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

अत्यधिक तीव्र गतिमा सवारी चलाउने ७३ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ४ जना, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) २ जना, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने ८ जना र एकतर्फी (वान-वे) सडकमा सवारी हुक्याउने ३ जना चालक कारबाहीमा परेका छन्।

यसैगरी अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३०० जना चालकलाई पनि आवश्यक कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *