इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

डिसी नेपाल
९ कार्तिक २०८३ ९:४३
8
Shares

इलाम। इलामको देउमाई नगरपालिका-१, चमैतास्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ६ बजे सडकबाट करिब दुई मिटर तल बोलेरो खसेर भएको यस दुर्घटनामा देउमाई-१, चमैता निवासी अन्दाजी २१ वर्षीय चालक विपिन दियालीको ज्यान गएको हो।

दुर्घटनाको खबर पाएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक जाँचबुझ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *