पहिरोले खप्त्याडको प्रवेशद्वार अवरुद्ध, मर्मतका लागि मुख्यमन्त्रीद्वारा स्थलगत अनुगमन

डिसी नेपाल
९ कार्तिक २०८३ १०:२१
4
Shares

सुर्खेत। मुगुको खप्त्याड गाउँपालिका-८ नुवाखेतमा पहिरो खसेपछि असोज ११ गतेदेखि कर्णाली राजमार्गअन्तर्गत बाजुराको हिमाली गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जोड्ने मुख्य सडक पूर्ण रूपमा ठप्प भएको छ।

लामो समयदेखि सडक अवरुद्ध हुँदा खप्त्याड गाउँपालिकाको प्रवेशद्वार नै बन्द भई स्थानीयवासीको आवतजावत, खाद्यान्न तथा मालसामान ढुवानी र प्रसिद्ध पर्यटकीय स्थल रारा जाने पर्यटकको यात्रामा ठूलो असर परेको छ।

अवरुद्ध सडकको वस्तुस्थिति बुझ्न कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कात्तिक ९ गते प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मुख्यमन्त्री शाहीले भौगोलिक जोखिम र पहिरोको अवस्थाबारे जानकारी लिँदै भूगर्भविद्को टोली ल्याएर अध्ययन गराउने प्रतिबद्धता जनाए। प्राविधिक अध्ययनपश्चात् क्षतिको विवरण संकलन र लागत अनुमान तयार पारेर सडक मर्मत तथा पुनः सञ्चालनको कामलाई तीव्र रूपमा अघि बढाइने उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *