कपिलवस्तुमा चालु आर्थिक वर्षमा लागूऔषध कारोबारमा संलग्न ३० जना पक्राउ

डिसी नेपाल
९ कार्तिक २०८३ १४:०६
68
Shares

कपिलवस्तु। कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनादेखि हालसम्म लागूऔषध कारोबारसम्बन्धी १५ वटा मुद्दा दर्ता भई ३० जना अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्नेहरूमा २३ पुरुष र सात महिला रहेका छन्।

प्रहरीले सो अवधिमा २१ ग्राम २१० मिलिग्राम खैरो हेरोइन, पाँच किलो २२५ ग्राम चरेस, १० किलो ३६४ ग्राम अफिम र १३० ग्राम गाँजा बरामद गरेको छ। यसका साथै २० वटा नाइट्राभेट ट्याब्लेट, आठ वटा स्पास्मो र कोडिन सिरप एक बोतलसमेत बरामद गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

यसैबिच, वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले गएराति शिवराज नगरपालिका-२ हल्लानगरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित २३ वर्षीया अस्मिता बोहरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार निज बोहराको घरमा शंकास्पद अवस्थामा खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको र उनीमाथि थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *