‘लुम्बिनी बचाऊ महाअभियान’का संयोजक खानसहित दुई पक्राउ

डिसी नेपाल
१० कार्तिक २०८३ १२:३९
8
Shares

बुटवल। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको ‘लुम्बिनी बचाऊ महाअभियान’का संयोजक अकराम खानसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार (कात्तिक ९) राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइनेहरूमा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय अकराम खान र वडा नम्बर–९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले स्पष्ट पारेको छ।

यसैबीच, महाअभियानका सहसंयोजक रामविकास चौधरीले संयोजक खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन्। आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ।

संयोजकमाथि गरिएको धरपकडप्रति आपत्ति जनाउँदै महाअभियानले सरकारको कदमको कडा शब्दमा भर्त्सना गरेको छ। साथै, अभियानले पक्राउ गरिएका संयोजक खानसहित दुवै जनालाई निःसर्त रिहा गर्न माग गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *