चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

डिसी नेपाल
१० कार्तिक २०८३ १४:१२
12
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्ससामू जितका लागि १५८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५७ रन बनाएको हो।

चितवनका लागि विस्फोटक ब्याटिङ गर्दै ओपनर डेविड मलानले टोलीको स्कोर उकास्न महत्वपूर्ण योगदान दिए। मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतले सर्वाधिक ७० रनको अर्धशतकीय पारी खेले। त्यस्तै, कप्तान रवि बोपाराले अविजित ३२ रन (२६ बल, १ चौका र २ छक्का) बनाए भने डान माउस्ले पनि २९ रनमा नट आउट रहे।

यसैगरी, देव खनालले १२ रन जोड्दा अन्य ब्याटरहरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। चितवनले अतिरिक्त रूपमा ११ रन प्राप्त गरेको थियो।

विराटनगर किंग्सतर्फ बलिङ गर्दै एन्जिलो म्याथ्यूज, आन्द्रे रसेल र चरित असालंकाले समान १-१ विकेट हात पारेका थिए। किफायती बलिङ गरेका अन्य बलरहरूमा सन्दीप लामिछानेले ४ ओभरमा मात्र २३ रन खर्चेर कसिलो बलिङ प्रस्तुत गरे भने प्रतिस जिसी, रुपेश सिंह र शुभम रन्जानेले कुनै विकेट लिन सकेनन्।

अब १५८ रनको यो लक्ष्य पछ्याउँदै विराटनगर किंग्स केहीबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *