युक्रेनमाथि रूसको अर्को भीषण ड्रोन आक्रमण: रेलवे स्टेसनमा भएको हमलामा १३ जनाको मृत्यु
काठमाडौं । रूसले युक्रेनको निप्रो रेलवे स्टेसनमा एक ठुलो ड्रोन आक्रमण गरेको छ। आक्रमण भएको समयमा त्यहाँ स्टेसनमा रोकिएको ट्रेनभित्र यात्रुहरू चढिरहेका थिए।
युक्रेनी अधिकारीहरूले दिएको जानकारी अनुसार रूसको एउटा जेट-पावर्ड ड्रोनले निप्रो रेलवे स्टेसनको भिडभाडयुक्त प्लेटफर्मलाई लक्षित गरी हमला गरेको हो।
रेलवे स्टेसनमा गरिएको यस आक्रमणमा परि कम्तीमा १३ जनाको ज्यान गएको छ।
यस आक्रमणमा परी अन्य १३ जनाभन्दा बढी घाइते भएको पनि युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्।
खबरहरूमा जनाइएको छ कि ड्रोन खसेको समयमा मानिसहरू स्टेसनमा रोकिएको एउटा ट्रेनमा चढ्नका लागि प्रतीक्षा गरिरहेका थिए।
उक्त ट्रेन छिमेकी सहर जापोरिजियाका लागि छुट्नै लागेको थियो। विष्फोटका कारण उछिट्टिएका छर्राले लाग्दा ट्रेनमा समेत ठुलो क्षति पुगेको छ।
रूसले युक्रेनको विशाल रेल सञ्जाललाई बारम्बार आफ्नो निशाना बनाउँदै आएको छ।
यस रेल सञ्जालको प्रयोग यात्रुहरूको आवतजावतका साथै अत्यावश्यक सामग्रीहरूको ढुवानीका लागि ठुलो मात्रामा गर्ने गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment