ओमानको नौसेनाद्वारा होर्मुज स्ट्रेट नजिकै जलिरहेको जहाजबाट २५ जनाको उद्धार
काठमाडौं । ओमानको समुद्री सुरक्षा केन्द्रले जनाए अनुसार पनामाको झण्डा अङ्कित एक व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि त्यसमा आगो लागेपछि देशको नौसेनाले सवार २५ जनालाई सुरक्षित बाहिर निकालेको छ।
‘रोयटर्स’ का अनुसार ओमानको मुसन्दम तटबाट १.६ नटिकल माइल टाढा रहेको यस जहाजलाई निशाना बनाइएको थियो।
ओमानको समुद्री सुरक्षा केन्द्रले शुक्रबार बताए अनुसार उसले नौसेनासँग मिलेर जहाजका चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको र उनीहरूलाई आवश्यक चिकित्सा सुविधा पनि उपलब्ध गराएको छ।
समुद्री सुरक्षा केन्द्रले आक्रमणको तरिका, यसका सम्भावित जिम्मेवार व्यक्ति वा समूह र जहाजको हालको अवस्थाबारे थप कुनै जानकारी दिएको छैन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment