भोजपुरमा देउवा समुहको कांग्रेसको जिल्ला अधिवेशन चल्दै

डिसी नेपाल
१५ कार्तिक २०८३ १८:११
8
Shares

भोजपुर । शेरबहादुर देउवा समुहको नेपाली कांग्रेसले आज भोजपुर सदरमुकाममा जिल्ला अधिवेशन सुरु गरेको छ । जिल्ला संयोजक धर्मराज राईको सभापतित्व तथा केन्द्रिय प्रतिनिधि उत्तम कुमार चापागाईको प्रमुख आतिथ्यमा अधिवेशन सुरु गरेको हो ।

जिल्ला अधिवेशनको कार्यतालिका आज कात्तिक १५ गतेलाई तोकिएकाले सोही अनुसार अधिवेशन सुरु गरिएको जिल्ला संयोजक राईले जानकारी दिनुभयो । मंसिर ४ मा प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन गर्ने गरी पूर्वमहामन्त्री शशांक कोइरालालाई १५ औं महाधिवेशन तयारी समिति संयोजक बनाएर अधिवेशनका कार्यक्रमहरु भई रहेका छन ।

नेपाली काँग्रेसभित्र समानान्तर सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले यस भन्दा अगाडी पनि बिभिन्न जिल्लाका अधिवेशनहरु सम्पन्न गरि सकेको छ । भोजपुरमा हुने अधिवेशनले जिल्ला पदाधिकारी र महमाधिवेशन प्रतिनिधिहरु च्यन गर्ने छ ।

कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमिति र देउवा समूहबीच पार्टीको नेतृत्व तथा सांगठनिक प्रक्रियालाई लिएर मतभिन्नता कायम छ । काँग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका सांगठनिक गतिविधि अलगअलगरूपमा अघि बढाउँदै आएका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *