प्रदेश प्रमुख खापुङको ५ वर्षे कार्यकाल पूरा, मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका प्रदेश प्रमुख परशुराम खापुङसँग आज बिदाइ भेटघाट गरेका छन्।
२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हालेका प्रदेश प्रमुख खापुङ यही कात्तिक २४ गते आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दैछन्।
बिदाइ भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र संवैधानिक व्यवस्थालाई सुव्यवस्थित बनाउन प्रदेश प्रमुख खापुङले अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै हार्दिक आभार व्यक्त गरे।
सीमित स्रोत र साधनका बिच पनि प्रदेशमा स्थिरता र विकासका कामलाई अगाडि बढाउने प्रयास भइरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले खापुङको योगदानप्रति धन्यवाद ज्ञापन गरे।
भेटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालभरि प्रदेश सरकारबाट प्राप्त सहयोग र सहकार्यप्रति खुसी व्यक्त गर्दै मुख्यमन्त्री तथा सरकारलाई धन्यवाद दिए। भेटका क्रममा उनीहरूबिच प्रदेशको समग्र विकास र समसामयिक विषयमा समेत छलफल भएको थियो।
नेपालको संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुने प्रावधान छ। साथै, एक पटक पद सम्हालिसकेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन नपाइने संवैधानिक व्यवस्था रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment