किमी एन्टोनेली बने एफ-१ को सबैभन्दा युवा विश्व च्याम्पियन: सेबास्टियन भेटेलको रेकर्ड भंग

डिसी नेपाल
१७ कार्तिक २०८३ ८:०७
8
Shares

काठमाडौं । इटालीका किमी एन्टोनेलीले मेक्सिको सिटी ग्रान्ड प्रिक्समा तेस्रो स्थान हासिल गर्दै २०२६ फर्मूला वन (एफ-१) विश्व च्याम्पियनसिपको उपाधि आफ्नो नाम गरेका छन्।

मेक्सिको सिटी ग्रान्ड प्रिक्समा मक्स भर्स्टापेनले पहिलो र लुइस हिल्टनले दोस्रो स्थान हासिल गरे भने किमी एन्टोनेली तेस्रो स्थानमा रहे।

तेस्रो स्थान प्राप्त गर्दै २० वर्षीय किमी एन्टोनेली फर्मूला वन इतिहासकै सबैभन्दा युवा विश्व च्याम्पियन बनेका छन्। उनले यसअघि सेबास्टियन भेटेलको नाममा रहेको रेकर्ड भङ्ग गरेका छन्, जसले सन् २०१० मा २३ वर्षको उमेरमा यो उपाधि जितेका थिए।

यसका साथै उनी सन् १९५३ यता फर्मूला वन विश्व च्याम्पियनसिप जित्ने पहिलो इटालियन ड्राइभरसमेत बनेका छन्।

उपाधि जितेसँगै एन्टोनेली भावुक भएका थिए। रेस पूरा भएपछि ‘स्लोडाउन ल्याप’ का क्रममा टिमले उनलाई विश्व च्याम्पियन बनेको जानकारी दिँदा उनी केही बेर रेडियोमा बोल्न सकेका थिएनन्। उनको आवाजमा खुसी र आँसु दुवै स्पष्ट झल्किएको थियो।

आफूलाई सम्हालेपछि उनले भने, ‘तपाईहरू सबैलाई धेरै-धेरै धन्यवाद। हामीले गरेर देखायौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *