सुन्दरीजलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

डिसी नेपाल
१७ कार्तिक २०८३ ९:३५
16
Shares

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको दुर्घटनामा ४५ वर्षीय सन्तोष ढुङ्गानाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्गेलतर्फ जाँदै गरेको बा.प्र. ०२०६५ प ९१५७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आउँदै गरेको बा.प्र. ०२०५८ प ७४०५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करबाट पहिलो मोटरसाइकलमा सवार सुनसरीको इटहरी नगरपालिका–७ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ दोबाटो बस्ने ४५ वर्षीय ढुङ्गाना गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको ट्राफिक प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन् ।

दुर्घटनामा अर्को मोटरसाइकलका चालक ५० वर्षीय टीकाराम गुरुङ पनि घाइते भएका छन् । उनको बायाँ कुम, बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक गोकर्णेश्वर निवासी २४ वर्षीय आशबहादुर तामाङले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको पाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *