राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकामा स्थित प्रसिद्ध धार्मिक शक्तिपीठ दक्षिणकाली मन्दिर पुगेर पूजाअर्चना गरेका छन्।
राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका साथ बुधबार बिहान दक्षिणकाली मन्दिरमा विशेष पूजाअर्चना गरी मन्दिरका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाले स्वागत गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment