नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना
काठमाडौं। प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरषद बैठकले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गरेर एआईजी केसीलाई आइजीपी बनाउने निर्णय गरेको हो।
बैठकले देशको वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्रीलाई सुरक्षासम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श उपलब्ध गराउने उद्देश्यले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल प्रहरीको प्रहरी महानिरीक्षकस्तरको ‘प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार’ पद सिर्जना गर्ने निर्णय गरेको छ।
सरकारले सिर्जना गरेको उक्त विशेष सुरक्षा सल्लाहकार पदमा नेपाल प्रहरीका बहालवाला प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई खटाउने निर्णय गरेको छ।
प्रहरी महानिरीक्षक कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा सरुवा भई रिक्त हुन आएको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीलाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीलाई कात्तिक १८ गतेदेखि नै लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा बढुवा तथा पदस्थापना गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै नेपाल प्रहरीले नयाँ नेतृत्व पाएको छ भने निवर्तमान आईजीपी कार्कीले प्रधानमन्त्री कार्यालयमा रहेर सुरक्षा सल्लाहकारको जिम्मेवारी सम्हाल्ने भएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment