इमन सापकोटाको अडियो र आईजीपी हटाएको विषयमा कांग्रेसले धारणा सार्वजनिक गर्ने
काठमाडौं। इमन सापकोटाको भाइरल अडियो प्रकरण, सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको समसामयिक विषय तथा पार्टीको आन्तरिक साङ्गठनिक मुद्दासहित समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल गर्न नेपाली कांग्रेसको शीर्ष नेता तथा पदाधिकारीहरूको बैठक बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने यस बैठकमा विशेष गरी इमन सापकोटाको अडियो प्रकरणबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले ‘डिसी नेपाल’लाई जानकारी गराए अनुसार पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र तथा बाहिर उठेका विषयहरूमाथि बैठकमा गम्भीर समीक्षा हुनेछ।
सरकारको पछिल्लो कदम र समसामयिक राजनीतिक मुद्दालिएर कांग्रेस नेतृत्वले आवश्यक धारणा तय गर्न लागेको हो। बैठकले पार्टीको आगामी रणनीति र समसामयिक दृष्टिकोणसमेत स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment