एनपीएल : जनकपुरविरुद्ध बलिङ गर्दै लुम्बिनी, शीर्ष स्थानमा उक्लिने दाउ
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेलहरू हुँदैछन्।
आजको पहिलो खेलमा तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स आमनेसामने भएका छन्। खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिलो बलिङ रोजेको छ।
हाल ५ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै तालिकामा आफ्नो पकड अझ बलियो बनाउने दाउमा छ। अर्कोतर्फ, लुम्बिनीलाई पराजित गर्न सके जनकपुर आफैं शीर्ष स्थानमा उक्लिने भएकाले यो भिडन्तलाई शीर्ष स्थान हात पार्ने मुख्य प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
त्यसैगरी, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा हालसम्म ४ खेल खेलेको विराटनगरले २ जित र २ हारको नतिजा निकालेको छ भने २ खेल खेलेको काठमाडौंको खातामा १ जित र १ हार रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment