रमा एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो, लाखबत्ती र दीप प्रज्वलन (तस्बिरहरू)
काठमाडौँ । पवित्र रमा एकादशी व्रतका अवसरमा काठमाडौँस्थित ऐतिहासिक बुढानीलकण्ठ नारायणथान मन्दिरमा भगवान् नारायणको दर्शन तथा पूजाआराधना गर्न बिहानैदेखि भक्तजनको बाक्लो घुइँचो लागेको छ।
एकादशीका दिन भगवान् विष्णु (नारायण) को विशेष आराधना गर्दा मनोकाङ्क्षा पूरा हुने र पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण काठमाडौँ उपत्यका तथा वरपरका क्षेत्रबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरू मन्दिर पुगेका छन्।
भक्तजनहरूले बिहानैदेखि लाइनमा बसेर जलशयन नारायणको दर्शन गर्नुका साथै मन्दिर परिसरमा लाखबत्ती बाल्ने र दीप प्रज्वलन गरी श्रद्धा भक्ति प्रकट गरिरहेका छन्। रमा एकादशीको अवसरमा मन्दिर परिसरलाई सरसफाइ गरी विशेष रूपमा सजाइएको छ भने दर्शनार्थीको सुविधाका लागि शान्ति सुरक्षा र लाइन व्यवस्थापनलाई चुस्त बनाइएको छ।
(तस्बिरहरू: नवराज नेपाल / नेपाल न्यूज बैंक)











No ads found for this position



डिसी नेपाल
Facebook Comment