भारत–पाकिस्तान सीमामा गोली चल्यो, एक भारतीय सैनिकको मृत्यु
नयाँ दिल्ली (एजेन्सी)। भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला सीमा क्षेत्रमा गोली चलेको समाचार आएको छ। भारतीय सञ्चार माध्यमहरुले आइतबार लाइन अफ कन्ट्रोलको उरी क्षेत्रमा पाकिस्तानी सेनाले गोली चलाएको बताएका छन्।
भारतीय सञ्चारमाध्यमहरुले पाकिस्तानले युद्धविराम उल्लंघन गरेको दावी गरेका छन्। भारतीय सञ्चार माध्यम आजतकले उरी क्षेत्रमा पाकिस्तानी सेनाले चलाएको गोली लागेर एक भारतीय सैनिक मारिएको उल्लेख गरेको छ।
भारत सरकारले जम्मू कश्मीरको विशेषाधिकार खारेज गर्ने निर्णय गरेपछि भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ। अन्तर्राष्ट्रिय मञ्चहरुमा पाकिस्तानले कश्मीरमा भारतले कर्फ्यू लगाएको बताउँदै आएको छ। उसले भारतले मुस्लिहरुमाथि अत्याचार गरेको आरोप लगाउँदै आएको छ। उता भारतले भने जम्मू कश्मीर आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ।
भारत र पाकिस्तानबीच तिक्तता बढिरहेको बेला सीमा क्षेत्रमा पनि युद्ध विराम उल्लंघनका घटनाहरु बढिरहेका छन्। दुबैतर्फ केही सैनिकहरु मारिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment