भाइटीकाको तयारी: रङरोगनले सजियो रानीपोखरीको बालगोपालेश्वर मन्दिर (फोटोफिचर)

डिसी नेपाल
२० कार्तिक २०८३ १३:३५

काठमाडौं। भाइटीकाको पावन अवसरलाई लक्षित गरी काठमाडौँको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा सरसफाइ तथा रङरोगनको काम तीव्र पारिएको छ। वर्षमा एक दिन अर्थात् तिहारको भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खोलिने यो मन्दिरलाई अहिले दुलहीझैँ चिटिक्क पारिँदैछ।

दिदीबहिनी वा दाजुभाइ नभएकाहरूले भाइटीकाका दिन यसै मन्दिरमा पुगेर पूजाआजा गरी टीका लगाउने विशेष धार्मिक एवं सांस्कृतिक परम्परा रहँदै आएको छ। भाइटीकाका दिन आउने भक्तजनहरूको घुइँचोलाई ध्यानमा राख्दै पूजाआजा र दर्शनलाई सहज तथा व्यवस्थित बनाउन मन्दिर परिसरको सरसफाइ र मर्मत-सम्भारको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ।

तस्बिरहरू: दामोदर सापकोटा / नेपाल न्यूज बैंक

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *