तिहारको झिलिमिलीले उज्यालिएको काठमाडौं (फोटोफिचर)

डिसी नेपाल
२० कार्तिक २०८३ १८:५९

काठमाडौं। यमपञ्चक अर्थात् तिहार पर्व सुरु भएसँगै काठमाडौँ उपत्यका झिलिमिली बत्तीले सजिएको छ।

तिहारलाई स्वागत गर्न बानेश्वरदेखि तीनकुनेसम्मका सडक तथा आसपासका क्षेत्रहरूमा रङ्गीचङ्गी बत्तीहरू जडान गरिएका छन्।

साँझ पर्दै जाँदा सडक र वरपरका भवनहरूमा बालिएका बत्तीहरूले बानेश्वर-तीनकुने क्षेत्रको वातावरणलाई थप आकर्षक र तिहारमय बनाएको छ।

स्थानीयबासी र व्यापारीहरूले घर तथा व्यावसायिक प्रतिष्ठानहरूलाई विभिन्न खाले दीप र विद्युतीय बत्तीले सजाएपछि राजधानीमा तिहारको रौनक ह्वात्तै बढेको छ।

तस्बिर : सक्षम घिमिरे-नेपाल न्यूज बैंक

+


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *