‘वार’ को सफलतापछि टाइगर गर्दैछन् नयाँ प्रोजेक्टको सुरुवात, बहिनी कृष्णाले साथ दिने

डिसी नेपाल
२७ असोज २०७६ १०:५९

मुम्बई। २०१९ को अहिलेसम्मको हिट फिल्म मध्ये एक ‘वार’ ले २५० करोड भन्दा धेरै कमाइ गरेर नयाँ रेकर्ड कायम गरेको छ।

साथै यो फिल्म ऋतिक रोशन र टाइगर श्राफको करियरको सबैभन्दा ठूलो फिल्म सावित भएको छ। ऋतिक र टाइगरको जोडीलाई पर्दामा दर्शकले धेरै मन पराएका छन्।

फिल्म ‘वार’ को सफलतापछि अभिनेता टाइगर श्राफ एउटा नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन्। यो प्रोजेक्ट उनको निजी जीवन र परिवारसँग जोडिएको छ। जसमा उनकी बहिनी कष्णाले साथ दिँदै छिन्।

अभिनेता टाइगर श्राफ र बहिनी कष्णा श्राफ आफ्नो जीमको व्यापार अगाडि बढाउन जुटेका छन्। २०१८ मा दुवैले एमएमए फाइट नाइट जीम खोलेका थिए, जुन निकै सफल भएको छ। खब दुवै जना एमएमए म्याट्क्सि जीम खोल्ने तयारीमा छन्। १३ अक्टुरमा उनीहरुको दोस्रो जीम बरेलीमा खुल्दैछ।

टाइगर श्राफ र कृष्णा दुवै आफ्नो फिट पर्सनालिटीका लागि चर्चित छन्। दुवै जना शारीरिक अभ्यास गर्न निकै मन पराउँछन्। उनीहरु देशभर जीमको शाखा विस्तार गर्न चाहन्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *