कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई

डिसी नेपाल
२९ असोज २०७६ १६:५९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारको राजकीय भ्रमणमा गएकाले कार्यबाहक राष्ट्रपतिको रुपमा उप–राष्ट्रपति नन्दबहादुर पुनलाई जिम्मेवारी दिइएको छ।

राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी उनलाई तोकिएको जनाइएको छ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति पुनबाट सम्पादन हुनेगरी तोकेकी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *