अध्यक्ष ढकालद्वारा भारतीय उप–राष्ट्रपति वेंकैया नायडू संग भेट

डिसी नेपाल
३० असोज २०७६ १९:१५

नयाँ दिल्ली। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र भारतका महामहिम उप–राष्ट्रपति वेंकैया नायडूसँग शिष्टाचार भेट गरेका छन्।

दिल्लीस्थित उप–राष्ट्रपति कार्यालयमा भएको भेटमा आपसी हित तथा विश्व शान्तिको लागि साझेदारीको बारेमा कुरा भयको जनाइएको छ ।
भेटमा पूर्व मन्त्रि ढकालले केहि समय अघि नेपालमा सम्पन्न एशिया प्याशिफिक सम्मेलनको प्रतिबेदन उप–राष्ट्रपति वेंकैया नायडूलार्इ हस्तान्तरण गरेका छन्। उप–राष्ट्रपति नायडूले खुशीका साथ् प्रतिबेदन ग्रहण गर्दै समिट सफलता पूर्बक सम्पन्न भएकोमा नेपाल तथा आयोजकहरुलाई बधाई दिएको भेटमा सहभागी परिवार दल भारतका प्रतिनिधि कृष्ण अधिकारीले जानकारी दिए।

भेटमा भारतीय जनता पार्टीका नेताहरु सांसद भुवनेश्‍वर कालिता, पूर्व बिधायक विजय जौली, पूर्व राजदुत केभी राजन समेत सहभागी थिए। दुर्इदिने भारत भ्रमणमा रहेका ढकालले पूर्व उप–राष्ट्रपति मोहम्मद हमिद अन्सारी लगायत विभिन्न भारतीय नेताहरुसंग पनि भेटघाट गरेका छन्।

ढकालसंगको भेटघाटमा भारतीय नेताहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणको बारेमा समेत जिज्ञासा राखेका थिए। अध्यक्ष ढकालले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले सम्पूर्ण नेपालीमा हौसला बढेको बताएका थिय ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *