भवन भट्टको स्पष्टोक्ति : संघलाई एक पैसा पनि ऋण बोकाएको छैन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान अध्यक्ष भवन भट्टले आफुले संघलाई एक पैसा पनि ऋण नबोकाएको बताएका छन्। शुक्रबार नवनिर्वाचित संघको नेतृत्वलाई पद हस्तान्तरण गर्दै उनले संघमा ऋण रहेको भन्ने कुरा हल्लामात्र भएको बताएका छन्।
उनले ऋण लगाएको भनेर गलत अफवाह फैलाइएको दावीसमेत गरे। भट्टको कार्यकालमा १५ करोड रुपैयाँ ऋण लागेको चर्चा भएको थियो।
संघको शुक्रबार सम्पन्न ९ औं विश्व सम्मेलन तथा महाधिवेशनले कुमार पन्तको नेतृत्वमा नयाँ समिति चयन गरेको छ। नवनिर्वाचित पदाधिकारीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment