चलचित्र कलाकार संघको उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेटघाट

डिसी नेपाल
५ कार्तिक २०७६ २०:५८

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ द्वारा अध्यक्ष रबिन्द्र खड्काको प्रतिनिधित्वमा उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ्ग’संग उनकै कार्यकक्षमा भेटघाट तथा आउदै गरेको शुभ दीपावली, छठ पर्व र नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

उक्त अवसरमा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, वरिष्ट अभिनेता शिव श्रेष्ठ, सह–कोषाध्यक्ष पवित्रा आचार्य, सदस्यहरु नायक विशाल विष्ट, उद्धवप्रसाद भट्टराई, धर्मेन्द्र आचार्य, गोपाल ढकाल छन्दे, गीता नेपाल, पवन खतिवडा, रामेश्वर बुर्लाकोटी, प्रेस संयोजक सुर्य चन्द, कलाकार नारायण प्रधान, राजु शाही र राजेश महर्जनलगायतका पदाधिकारीहरुको टोलीले भेट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो।

उक्त अवसरमा उपराष्ट्रपति नन्द बहादुर पुनले चलचित्र कलाकार संघका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए भने चलचित्र कलाकार संघलाइ आफूबाट हुने सहयोग समेत गर्ने प्रतिबद्धता जाहेर गरेको थिए।

भेटमा नेपाल चलचित्र कलाकार संघद्वारा अध्यक्ष रबिन्द्र खड्काले संघले गर्दै आएको कार्य, उद्देश्य तथा गतिबिधिहरुको बारेमा जानकारी गराएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *