सुजाता देउजाले जितिन् ‘हिमालय ब्युटी पेजेण्ट २०१८’ को उपाधी

डिसी नेपाल
१० भदौ २०७५ १२:५९

काठमाडौं । ‘हिमालय ब्युटी पेजेण्ट २०१८’को उपाधी सुजाता देउजाले जितेकी छिन्। काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हिमालय प्याजेण्ट द्वारा आयोजित ‘हिमालय ब्युटी पेजेण्ट २०१८’ मा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै सुजाताले उक्त उपाधि जित्न सफल भएकी हुन्।

उक्त प्रतियोगितामा अन्जना ज्योति फस्ट रनर अप, बिमिता खत्री सेकेन्ड रनरअप त्यसैगरी अनिशा घिसिङ थर्ड रनरअप बन्न सफल भए।प्रतिस्पर्धि युवतीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने कार्य गरेको आयोजक सस्थाको अधक्ष्य अप्सना राई बताउछिन।

हिमालय ब्युटी पेजेण्ट २०१८ को निर्णायकमा बरिष्ट गायक आनन्द कार्की, संचारकर्मी सुर्य चन्द, चर्चित अभिनेता प्रदीप खड्का, संचारकर्मी राजेन्द्र लुइटेल,सौन्दर्य ब्यबसायी टेक राज पाण्डे, लेक्चरर ज्योत्सना राजभण्डारी, गायिका बसन्ता प्रकृति, सर्ब प्रतिक श्रेष्ठ थिए।

उक्त प्रतियोगिताको कोरियोग्राफि अन्जला नकर्मी श्रेष्ठले गरेकी थिइन् भने उक्त प्रतियोगिताको उद्घोषकमा चर्चित कोरियोग्राफर तथा उद्घोषक आस्विनी झाले गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *