विश्व बैंकले लगानीको वातावरण सुध्रियो भन्नु ठूलो कुरा : अर्थमन्त्री

डिसी नेपाल
८ कार्तिक २०७६ १७:५४

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकांकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताएका छन्।

अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनाले नै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पारे। विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक वातावरणको सूचकांकमा नेपाल १६ स्थानमाथि उक्लिएको थियो ।

अर्थमन्त्री खतिवडाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन र व्यवसायका लागि आवश्यक कानुन निर्माण भएकाले नेपालले व्यवसायिक वातावरणको क्षेत्रमा गत वर्षभन्दा सुधार हुन सकेको पनि स्पष्ट पारे। उनले करलगायतका समस्या चालू आर्थिक वर्ष भित्र सम्पन्न गरेपछि नेपाल व्यवसायिक वातावरणका सूचकांकको दृष्टिले अग्रणी स्थानमा आउने विश्वास पनि व्यक्त गरे।

विश्व बैंकको प्रतिवेदन अनुसार नेपाल व्यवसायिक वातावरणको दृष्टिकोणले १९० मुलुकमध्ये ९४ औं स्थानमा परेको छ । अर्थमन्त्री खतिवडाले मुलुक संघीयता कार्यान्वयनको चरणमै रहेकाले त्यसका व्यवसायिक वातावरण पनि सोचे अनुसार एकैचोटी अघि बढन नसकेको पनि स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *