हाइवेमा बाइक चलाउँदै कुकुर (भिडियो)

डिसी नेपाल
११ कार्तिक २०७६ ९:१९

काठमाडौं। ब्राजीलमा एक जना व्यक्तिमाथि लाखौंको जरीवाना हुन सक्ने देखिएको छ। किनभने उनले सडकमा कुकुरलाई बाइक चलाउन लगाएरहेका छन्। यो घटनालाई कसैले आफ्नो क्यामरामा कैद गरेका रहेछन्।

र उक्त भिडियो सामाजिक संजालमा पोस्ट गरेछन्। यो भिडियो पोस्ट हुने वित्तिकै भाइरल बनेको छ। भिडियोमा कुकुरले बाइक चलाउँदै गरेको देखेर सबै जना चकित परेका छन्।

भिडियोमा एउटा कुकुरले बाइक चलाइरहेको देखिएको छ। यो विचित्रको घटना ब्राजीलको हो। जहाँ कुकुरले बाइक चलाएको भिडियो खिचिएको हो। भिडियोमा कुकुर अगाडि बसेर बाइक चलाइरहेको छ। कुकुरको मालिक पछाडि सिटमा बसेका छन्।

यो भिडियोलाई अहिलेसम्म १४ हजार भन्दा धेरैले हेरिसकेका छन्। ९०० भन्दा धेरैले मन पराएका छन् भने २०० भन्दै धेरै रि–ट्विट भइसकेको छ। प्रहरीले भिडियोमा देखिएका व्यक्तिको खोजी सुरु गरेको छ। यस्ता हर्कत गर्दा मानिसको ज्यानै जान सक्ने भन्दै प्रहरीले उनको खोजी गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *