भक्तपुर १ क का लागि ३ उम्मेदवार सिफारिस, काँग्रेसका १० जना

डिसी नेपाल
१५ कार्तिक २०७६ १९:४८

भक्तपुर। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) को उम्मेदवारका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले तीन जनाको नाम सिफारिस गरेको छ । सोह« उम्मेदवारका आकांक्षी रहेकामा पटक–पटकको बैठकले नाम छनोट गर्दै सर्वसहमत रुपमा तीन जनाको नाम सिफारिस गर्न खोजे पनि नसकेपछि अन्ततः तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको पार्टी अध्यक्ष बचन देउजाले जानकारी दिए।

बैठकबाट पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, र देवीप्रसाद (डिपी) ढकालको नाम सिफारिस गरेको उनले जानकारी दिए। जिल्लाको निर्वाचन क्षेत्र–१ ९क० बाट प्रदेशसभामा तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रदेशसभा सदस्यका लागि आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो क्षेत्रमा सहमति हुन नसकेपछि नेपाली काङ्ग्रेसले १० जनाको नाम सिफारिस गरेको छ,भने साझा पार्टीले एकजनाको नाम घोषणा गरेको छ । अन्य दलले अझै नाम सिफारिस गर्न सकेका छैनन् । उक्त क्षेत्रमा चाँगुनारायण नगरपालिका सबै वडा र भक्तपुर नगरपालिका वडा नं– १० पर्छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *